नेपालले आज भारतसँग खेल्दै, एक खेलाडी परिवर्तनको सम्भावना

चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल आज बिहान ६ः४५ देखि सुरु हुनेछ ।  

सोमबार भएको लक्की ड्रबाट नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने पक्का भएको हो । पछिल्लो समय नेपाली टिमको आत्मविश्वास उच्च छ । केही दिनअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध राम्रो ब्याटिङ गरेको थियो । यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो ।

समूह चरणमा नेपालले मंगोलियालाई २ सय ७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । नेपाल भारतविरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ । भारतले पहिलोपटक एसियन गेम्समा क्रिकेट खेलिरहेको हो । यसअघिको दुई संस्करणमा उसले सहभागिता जनाएको थियो । भारत पहिलो खेलमै नेपाललाई हराउँदै सेमिफाइनलको यात्रा गर्ने रणनीतिमा छ । 

नेपाल भारतलाई हराउँदै पहिलोपटक सेमिफाइनलको टिकट काट्ने दाउमा छ । यसअघिको दुई संस्करणमा नेपाल क्वाटरफलबाटै बाहिरिएको थियो । 



भारतले एसियन गेम्समा स्वर्ण जित्ने लक्ष्यका साथ आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेटेर टिम बनाएको छ । भारतको टिममा रितुराजय गायकवाड, यशस्वी जैसवाल, शिवम दुबे, तिलक वर्मा, अर्शदीप सिंह, राहुल त्रिपाठी, वासिङ्टन सुन्दर, रिंकु सिंह, शाहवाज अहमद, मुकेश कुमार, रवि विश्नोईजस्ता अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । त्यसका अलवा भारतले जितेश शर्मा, आकश दीप र प्रभसिमरन सिंहलाई पनि टिममा राखेको छ ।  

भारतविरुद्ध जित निकाल्न नेपाल पूरा रणनीति प्रयोग गर्नेछ । त्यसका लागि नेपाल उत्कृष्ट प्लेइङ–११ का साथ मैदान उत्रने योजनामा छ । नेपालले भारतविरुद्ध एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले सन्दीप जोराको स्थानमा करण केसीलाई मौका दिने देखिन्छ । 



भारतविरुद्ध नेपालको ओपनिङ ब्याटरको जिम्मेवारीमा आसिफ शेख र कुशल भुर्तेलले निरन्तरता पाउने सम्भावना छ । यस्तै, नेपालले तेस्रोमा कप्तान रोहित पौडेल, चौथोमा विनोद भण्डारी, पाँचौंमा कुशल मल्ल, छैटौँमा दीपेन्द्र सिंह ऐरी, सातौँमा गुलशन झा, आठौँमा सोमपाल कामी, नवौँमा करण केसी, दशौँमा सन्दीप लामिछाने र ११औँ नम्बरमा अविनाश बोहराले मौका पाउन सक्छन् । 

प्रतिश जिसी, सन्दीप जोरा, विवेक यादव र सागर ढकालले भने प्लेइङ–११ मा मौका पाउने सम्भावना कम छ । 

  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार ६:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया