भारतविरुद्ध नेपाल बलिङमा, प्लेइङ-११ मा एक परिवर्तन
फाइल तस्बिर

चीनमा जारी १९औँ एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धाको क्वाटरफाइलअन्तर्गत भारतविरुद्ध नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल ६ः४५ देखि सुरु हुँदैछ । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज विनोद भण्डारीलाई बाहिर राख्दै करण केसीलाई मौका दिएको हो । 

हाल नेपाली टिम उच्च लयमा छ । केही साताअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध राम्रो ब्याटिङ गरेको थियो । यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो ।  

समूह चरणमा नेपालले मंगोलियालाई २ सय ७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । नेपाल भारतविरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ । भारतले पहिलोपटक एसियन गेम्समा क्रिकेट खेलिरहेको हो । 



यसअघिको दुई संस्करणमा उसले सहभागिता जनाएको थियो । भारत पहिलो खेलमै नेपाललाई हराउँदै सेमिफाइनलको यात्रा गर्ने रणनीतिमा छ । 

नेपाल भारतलाई हराउँदै पहिलोपटक सेमिफाइनलको टिकट काट्ने दाउमा छ । यसअघिको दुई संस्करणमा नेपाल क्वाटरफलबाटै बाहिरिएको थियो ।   



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।

भारतको प्लेइङ–११ : रुतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक वर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिङ्टन सुन्दर, आर साई किशोर, रवि बिश्नोई, आवेश खान र अर्शदीप सिंह । 

  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार ६:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया