नेकपा एमालेले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछि असन्तुष्ट भएको एमाले सरकारबाट बाहिरिएको हो ।
शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीले सहमतिअनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ ।
उनी बिनाविभागीय मन्त्री थिए । एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्रीलाई सपथ गराएका थिए ।
लगत्तै एमालेले सरकारबाट बाहिरिने बताएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0