काठमाडाैं– बिहीबार सुकुटे बिच पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं फर्किएका छन्।
बिहीबार दिउँसो परिवारसहित सिन्धुपाल्चोकस्थित सुनकोशी किनारको सुकुटेबीचमा पुगेका दाहाल शुक्रबार बिहान काठमाडौंमा फर्किएका छन्। दाहाल परिवारसँग सिन्धुपाल्चोक- १ का नेकपा सांसद अग्निप्रसाद सापकोटा पनि सहभागी थिए।
आराम गर्न गएका दाहालले हिजो सुनकोशीमा किलोमिटर र्याफ्टिङ गरेका थिए।
भरतपुरमा हुन लागेको प्रदेश तीनको लगानी सम्मेलनको उद्घाटनमा सहभागी हुन दाहाल आजै गृह जिल्ला चितवन जान लागेको उनको सचिवालयले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0