काठमाडौं– भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत क्षेत्र पारेकोबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले सो बैठक शनिबार ४ बजेका बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन् । अर्यालका अनुसार बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ ।
भारतले भखैरै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुराको केही भूभाग पारेको छ । सो विषयलाई लिएर सामाजिक सञ्जाललगायत सर्वत्र भारत सरकारको विरोध भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0