काठमाडाैं– मंगलबार बसेको न्यायपरिषद् बैठकले भोजपुर, रुकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके, सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको छ ।
न्यायपरिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्तलाई भोजपुर, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेललाई रुकुम, सर्वोच्चका उपरजिष्ट्रार महेन्द्रराज काफ्लेलाई सोलुखुम्बु, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशीलाई डोल्पा, सर्वोच्चकी उपरजिष्ट्रार इन्दिरा शर्मालाई झापामा सिफारिस गरेकाे छ ।
त्यस्तै सर्वोच्चकी उपरजिष्ट्रार मनकुमारी जिएम बिकलाई बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेललाई सप्तरी जिल्ला अदालतमा सिफारिस गरिएकाे छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनीहरूलाई नियुक्त गर्नेछन् ।
बैठकले भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मीलाई बारा, सोलखुम्बुका अमृतबहादुर बस्नेतलाई झापा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई काठमाडौं, दोलखाका तेजबहादुर खड्कालाई मोरङ र रुकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरुवा गरेकाे छ ।
बैठकले सर्वोच्च अदालतको न्यायाधीश भने सिफारिस गरेकाे छैन । गत मंसिर ३ मा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसे अवकाश भएपछि सर्वोच्चमा न्यायाधीश खाली छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0