शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका मोरङ रतुवामाई नगरपालिकाका पुरुष गुजरातबाट आएको खुलेको छ । ४१ वर्षका यी पुरुष गुजरातबाट आफ्ना साथीहरुसँग फर्किएको खुलेको हो ।
उनी ७ जेठमा नेपाल प्रवेश गरेका थिए । उनको स्वाब लिएर परीक्षण गर्दा कोरोना पुष्टि भएसँगै उनका साथीहरुलाई पनि अब क्वारेन्टाइनमा राखिएको छ ।
मोरङमा अब अहिलेसम्म ४ जनालाई कोरोनाभाइरस संक्रमित देखिएका छन् । प्रदेश १ मा कोरोनाभाइरस संक्रमितको संख्या ८५ पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0