न्याय परिषद्को सदस्यमा बारका तर्फबाट श्रेष्ठको नाम सिफारिस

न्याय परिषद्को सदस्यमा नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ यसअघि पनि न्याय परिषदमा सदस्य भइसकेका व्यक्ति हुन् ।

बारको कार्यसमिति बैठकले शनिबार श्रेष्ठको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन् ।

अघिल्लो कार्यकालमा श्रेष्ठलाई नयाँ संविधान बनेपछि कार्यकाल पूरा नगर्दै पदमुक्त गरिएको थियो । पछि बारले रामप्रसाद सिटौलालाई सिफारिस गरेको थियो । 

गत असोजमा सिटौलाले अवकाश पाएपछि रिक्त सदस्यमा दोस्रोपटक श्रेष्ठलाई सिफारिस गरिएको हो । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७७ शनिबार २०:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया