वरिष्ठ अधिवक्ता श्रेष्ठ न्यायपरिषद् सदस्य नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छिन् । 

नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम उनलाई नियुक्त गरिएको हो । 

यसअघि गत कात्तिक २२ गते बसेको नेपाल बार एसोसिएसन, कार्यसमिति बैठकले श्रेष्ठको नाम सिफारिस गरेको थियो । मंसिर १२ गते बसेको संसदीय सुनुवाइ समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो ।

यसअघि पनि न्याय परिषद सदस्य भइसकेका श्रेष्ठ नयाँ संविधान बनेपछि कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए । 



न्यायपरिष्दका सदस्यहरूमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा एक जना वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा एकजना कानुनका विज्ञ सदस्य रहने व्यवस्था छ ।

प्रधानन्यायाधीश अध्यक्षतामा रहने परिषदले न्यायाधीश नियुक्ति, आचरण अनुगमन र कारबाहीलगायतको जिम्मेवारी बहन गर्ने गर्छ । 



  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १८:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया