राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेकी छन्।
भारतमा परीक्षणका क्रममा मृगौलामा समस्या देखिएपछि आराम गरिरहेका खनाललाई भेट्न भण्डारी डल्लु पुगेकी हुन्। एमालेमा तीव्र विवाद देखिइरहँदा झलनाथ केही सातायता सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।
मृगौलामा रहेको समस्या गम्भीर नरहेको जानकारी उनको परिवारले दिएको छ। तर एमालेमा विवाद बढेका बेला माधव नेपालमाथि कारबाही गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाललाई केही गरेका छैनन्।
राष्ट्रपति भण्डारी खनालको स्वास्थ्यस्थिति बुझ्न खनालको घरमा पुगेकी हुन्। ओलीले खनालबाहेक माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्।
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेको भोलिपल्ट राष्ट्रपति सक्रिय भएकी हुन्। कांग्रेसले माओवादी र जसपासँग मिलेर ओलीलाई बिदा गर्ने रणनीति बनाएको छ।
खनाललाई ओलीले कारवाही नगरेको अवस्थामा राष्ट्रपति भण्डारीको डल्लु यात्रालाई अर्थपूर्ण मानिएको छ। राष्ट्रपतिले एमालेमा देखिएको विवादबारे पनि खनालसँग कुरा गर्ने स्रोतले बताएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0