नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आकस्मिक बैठकले चारजना सांसदलाई कारबाही गर्न सिफारिस गरेको छ।
शुक्रबार बसेको कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री माओवादीबाट निर्वाचित महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउन प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।
बैठकले पार्टीको ह्वीप उल्लंघन गरेको निष्कर्ष निकाल्दै चारजना नेतालाई पार्टीको साधारण सदस्य र सांसद पदबाट हटाउन प्रदेश हुँदै केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको ओली पक्षका कर्णालीका नेता गुलाबजंग शाहले बताए।
कारबाहीका लागि सिफारिस भएकाहरुमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाही छन्। विश्वासको मतमा हस्ताक्षर गरी फिर्ता लिएकी देवी ओलीलाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधिने भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0