कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ । शनिबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीका अनुसार नयाँ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् ।
मन्त्री बनेका सबै एमालेको माधवकुमार नेपाल समूहका नेता हुन् । उनीहरु तीनजना र पूर्वमन्त्री प्रकाश ज्वालाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
पार्टीको ह्विपविपरीत मुख्यमन्त्रीलाई मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीनजना सांसदलाई शनिबार पार्टीबाट निष्कासन गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0