सत्तारुढ नेकपा एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार सांसदको पद खाली गर्ने निर्णय लिएको छ। शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने चारैजनाको सांसद पद रिक्त राख्ने निर्णय गरेको छ।
एमालेले प्रदेश सांसदहरु प्रकाश ज्वालासहित शाही सरकारमा मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य तथा सांसद पद नरहने गरी कारवाही गर्ने निर्णय लिएको हो। बालुवाटारको बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने पत्र कर्णाली प्रदेशसभा सचिवालयलाई पठाउने निर्णय गरेको एकजना केन्द्रीय सदस्यले बताए।
बालुवाटार बैठकले कर्णालीमै फ्लोर क्रस गरिसकेर बहुमत पुगेको थाहा पाएपछि मत सच्याएकी सांसद देवी वलीलाई फेरि स्पष्टीकरण सोध्ने भएको छ। उनले यसअघि प्रदेश संसदीय दलमा पहिलो स्पष्टीकरण दिँदै आफूले गल्तीवश शाहीलाई विश्वासको मत दिन पुगेको बताउँदै एमालेमै रहेर सक्रिय रहने उल्लेख गरेकी थिइन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0