राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भएको समयमा उद्घाटन, शिलान्यासलाई छाडेर महामारी नियन्त्रणमा सरकारको ध्यान जानका आवश्यक रहेको थापाको भनाइ छ ।
अध्यक्ष थापाले कोरोना अनियन्त्रित र विकराल बन्दै गरेका अवस्थामा अहिले जनताले स्वयं प्रधानमन्त्रीबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न तथा बुझ्न चाहेको बताए ।
अध्यक्ष थापाले कोरोना महामारीले अवस्था भयावह बन्दै गरेको अवस्थामा अहिले योजनाहरुको शिलान्यास र उद्घाटन गर्नेभन्दा महामारी नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
दुःखको बेला जनताले सरकारको भरोसा खोजिरहेका भन्दै अध्यक्ष थापाले महामारी नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
केही समय उदघाटन,शिलान्यास र पार्टी विवादलाई थॅाति राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रम @kpsharmaoli लाई आग्रह गर्दछु।कोरोना अनियन्त्रित र विकराल बन्दैछ।यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन्।दु:खको बेला जनता भरोसा खोजिरहेछन्
— Kamal Thapa (@KTnepal) April 25, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0