युरोपियन जायन्ट रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा बराबरी खेलेका छन् । लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा मड्रिड र चेल्सीले बराबरी खेलेका हुन् ।
गएराति भएको पहिलो लेगमा स्पेनिस क्लब रियल र इङ्ग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका छन् ।
अल्फ्रेडो डि स्टेफानोमा सुरुवाती अग्रता लिएपनि चेल्सीले जित निकाल्न सकेन । चेल्सीका लागि खेलको १४औँ मिनेटमा एन्टोनियो रुडिगरको पासलाई सदुपयोग गर्दै क्रिस्टियन पुलिसिचले गोल गर्दै १-० को अग्रता दिलाएका थिए ।
तर, खेलको २९औँ मिनेटमा रियलले खेल बराबरीमा ल्यायो । उसका लागि इडर मिलिटाओको पासमा करिम बेन्जिमाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलमा दुवै टोलीले थप गोल गर्न नसक्दा सेमिफाइनलको पहिलो लेग खेल बराबरीमा सकियो । बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना कायम छ ।
पहिलो लेख रियलको अस्थायी मैदानमा भएकाले अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।
ft. It's all to play for at the Bridge next week! 👊#RMACHE pic.twitter.com/kXt1dMh8Ej
— Chelsea FC (@ChelseaFC) April 27, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0