श्रम दिवसमा प्रधानमन्त्रीको भिडियो सन्देश : 'सरकारले श्रमिक सुरक्षामा काम गरिरहेको छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले श्रम र सामाजिक सुरक्षाको क्षेत्रमा प्रभावकारी रुपमा काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले सामाजिक सुरक्षा कोषमार्फत जुनसुकै क्षेत्रमा रहेका श्रमिक कामदारहरुका लागि जीवन पर्यन्त रोजगारीको व्यवस्था गरेको पनि बताए । 

अहिलेको सरकारले बेरोजगार व्यक्तिहरुलाई कम्तिमा १ सय दिनको काम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यवस्था गरेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले अहिलेको सरकारले सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्थाका लागि सरकारले सहजीकरण गरिरहेको पनि उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आकाँक्षा भएको र यसका लागि सरकारले श्रमिक र आम सर्वसाधरणको पक्षमा काम गरिरहेको पनि बताए । ओलीले अहिलेको सरकार श्रमिक र मजदुरसँगै रहेको पनि बताए ।  



सन्देशमार्फत ओलीले भनेका छन्, 'जीवन पर्यन्त रोजगारीको अवधारणालाई सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा परिभाषित गरेका छौँ । श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन कायम गरेका छौँ । अनौपचारिक क्षेत्रलाई औपचारिकरण गर्ने प्रक्रियालाई सफलता साथ कार्यान्वयन गरेका छौँ ।'



  • प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार ८:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया