स्थायी समिति बैठक लगत्तै राष्ट्रपति भेट्न शीतलनिवासमा प्रधानमन्त्री ओली
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले बताएको छ । 

स्थायी समितिका सदस्य तथा योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलका अनुसार आजको बैठकमा कोरोना संक्रमणको दोस्रो लहरका विषयमा छलफल भएको छ ।

आजको बैठकमा लुम्बिनी प्रदेशमा विकास भएका राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको कँडेलले जनाकारी दिए । 



यस्ताे छ एमाले स्थायी समिति बैठककाे निर्णय



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १३:५६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया