समर्थन फिर्ता लिएको पत्र बोकेर संसद सचिवालय जाँदै माओवादी केन्द्र

सत्तारुढ दलबाट प्रतिपक्षको कुर्सीमा पुगेको नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाउने भएको छ । माओवादी सांसदहरु सरकारलाई दिएको समर्थन फिर्ताको पत्र लिएर आज संसद सचिवालयमा जाँदै छन् ।

माओवादीको हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकबाट गरेको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र बुझाउन लागिएको हो । पार्टीका सांसदहरु आज पत्रसहित संसद सचिवालयमा जाने माओवादीले जनाएको छ । 

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

सरकारलाई समर्थन गरिरहेर हटाउने खेलमा लागेको भन्दै यसअघि माओवादी केन्द्रको निर्णयको आलोचना भइरहेको अवस्थामा माओवादीले हिजोको स्थायी समिति बैठकमार्फत समर्थन फिर्ता लिने निर्णय गरेको छ ।



माओवादीले समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । तर, यसअघि नै प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने घोषणा गरिसकेका छन् । 



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार १०:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया