नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले समयमै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्न आह्वान गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् ।
थापाले ओलीलाई नयाँ सरकार बनाएर बिदा दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउनु पर्ने बताएका छन् । जसका लागि उनले सामाजिक सञ्जालमार्फत आह्वान गरेका हुन् ।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गर्दा राष्ट्रपतिले संविधानको पालना नगरेको थापाले आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले राजीनामा नगरी राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेको बताए ।
'विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो', थापाले लेखेका छन्, 'नेता गण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो ।'
थापाले अब गनगन गरेर नबसी सुझबुझ पुर्याएर राष्ट्रपतिले दिएको समयभन्दा अगाडि नै नयाँ सरकार गठन गरेर ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आह्वान गरेका छन् ।
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो
— Gagan Thapa (@thapagk) May 20, 2021
नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो।
गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र
यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0