पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि निर्वाचन चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको आरोप लगाएका छन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सेटिङका आधारमा प्रतिनिधिसभा भंग गर्दै मध्यावधि चुनावको घोषणा गरेर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने षड्यन्त्र गरेको बताए ।
अहिले घोषणा भएको चुनाव भित्री तथा बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र, सेटिङमा गत पुस ५ बाट सुरु भएको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कतको कडी भएको डा. भट्टराईको आरोप छ ।
भट्टराईले अहिले घोषणा भएको मध्यावधि चुनावको माध्यमबाट अहिलेसम्मको उपलब्धीहरु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने षड्यन्त्र रचिएकाले प्रतिवादमा उत्रन सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0