राष्ट्रपति विद्यादेवी भण्डारीले गते आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छिन् । ०७२ असोज ०३ गतेअघि जन्मको आधारमा नेपाली नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो ।
मधेसकेन्द्रित दलको माग र नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठको पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश ०७८ जेठ ०६ गतेको मन्त्रिपरिषदबाट पारित गराएका थिए ।
नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर, सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको कानुनमन्त्री लीलानाथ श्रेष्ठले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0