चिनियाँ राष्ट्रपति सी र चिनियाँ जनताप्रति राष्ट्रपति भण्डारीको आभार

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले नेपाललाई १० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा आभार प्रकट गरेकी छिन् । 

बुधबार साँझ ट्विट गर्दै भण्डारीले राष्ट्रपति सी र चिनियाँ जनताप्रति आभार व्यक्त गरेकी हुन् । 

‘मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग कोभिड–१९ महामारीसँग लड्न आपसी सहयोगबारे टेलिफोन संवाद भयो,’ राष्ट्रपतिले ट्विटमा भनेकी छिन्, ‘महामहिम सीले खोप उपलब्ध गराउनेबारे सुखद् सन्देशसहित चीनले नेपाललाई हाल थप दस लाख खोप उपलब्ध गराउने भएकोमा महामहिम सी र चिनियाँ जनताप्रति आभार व्यक्त गर्दछु।’





  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार २१:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया