बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र स्वाथ्यकर्मीमाथि आक्रमण भएको घटनामा राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमा देख व्यक्त गरेकी छन् । अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वस्थ्यकर्मी र चिकित्सकमाथि आक्रमण गरेका थिए ।
आक्रमणको चौतर्फी आलोचना भइरहेका बेला राष्ट्रपतिले समाजिक सञ्जालमा खेद व्यक्त गरेकी हुन् । विभन्न दल र दलका नेताहरूले आक्रमणको विभिन्न माध्यमबाट विरोध र आलोचना गर्दै आक्रमणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।
घटनालाई खेदजनक बताएकी राष्ट्रपति भण्डारीले दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्नेतर्फ पनि संकेत गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ट्विट
आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।
— Bidya Devi Bhandari (@PresidentofNP) May 28, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0