राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा चार सय ३० जना कैदीलाई सजाय माफी गरेकी छन्। जेठ १३ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीको सजाय मिनाहा गरेकी हुन्।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार कार्यालय प्रमुखको सिफारिस बमोजिम गृह मन्त्रालयले कैद मिनाहा हुनेहरुको सूची मन्त्रिपरिषद् बैठकमा पेश गरेको थियो।
गृहले मन्त्रिपरिषद्मा पेश गरेको सूची स्वीकृत भएपछि सार्वजनिक गरिएको हो। सरकारले गणतन्त्र दिवससहितका विशेष दिनहरुमा विभिन्न अपराधमा सजाय भोगेकामध्ये कारागारमा राम्रो चालचलन देखाउनेलाई छाड्दै आएको छ।
कैद मिनाहा भएकाहरुको विवरण
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0