राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर वार्ता गरेको स्रोतले बताएको छ।

यो भेटवार्ताका क्रममा नेकपा एमालेमा देखिएको विवाद मिलाउन आफूले गरेको पहलबारे ओलीले जानकारी गराएको स्रोतले बताएको छ। त्यस्तै सरकारका पछिल्ला कामकारबाही, कोरोना नियन्त्रण, प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिबारे दुई जनाबीच कुराकानी भएको छ।

प्रधानमन्त्रीको सचिवालयले यो भेटलाई नियमित भएको छ। प्रधानमन्त्रीले आवश्यक परे अनुसार राष्ट्रपतिलाई भेटेर परामर्श लिने गरेका छन्। एमालेमा देखिएको विवाद समाधानमा राष्ट्रपतिले पटक पटक विशेष चासो राख्ने गरेकी छन्। 





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार २१:३५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया