गृहमन्त्री खगराज अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुखहरु राष्ट्रपति भवन शीतलनिवासमा पुगेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुख शीतलनिवासमा पुगेका स्रोतले जनाएको छ । समसामयिक विषयमा छलफलका लागि उनीहरुलाई बोलाइएको बताइएको छ ।
शीतलनिवासमा गृहमन्त्री अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पुगेका हुन् ।
अहिले बाढी र पहिरोको विपद् देखिएकाले सोही विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सुरक्षा निकायसँग छलफल गर्न लागेको हुनसक्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0