प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी शीतलनिवास पुगेका हुन् ।
शनिबार उनी सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीप्रभावित क्षेत्र अवलोकन गरेर फर्केका थिए ।
त्यहाँबाट फर्केलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न साँझ शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको यो भेटलाई नियमित भेटघाट भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0