राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा हुने ओलम्पिकमा भाग लिन जाने नेपाली टोलीलाई बिदाई गरेकी छन् ।
भण्डारीले आज खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकको टिमलाई बिदाई गरेकी हुन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले खेलाडी तथा व्यवस्थापन टिमलाई बिदाई गरेकी हुन् ।
जापानको राजधानी टोकियोमा हुने ३२ औँ गृष्मकालिन ओलम्पिकमा सहभागी हुने टिमलाई उनले शुभकामना पनि दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0