प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा पुगेर ओलीले राष्ट्रपतिलाई भेटेका हुन् ।
शीतलनिवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । ओलीले भण्डारीसँग पछिल्लो राजनीतिक विकासक्रमका विषयमा पनि छलफल गरेका छन् ।
एमाले फुटाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने तयारी गरिरहेको हल्लाका बीच ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले संसद रोकेर अध्यादेश ल्याउन लागेको भाषण गरिरहेका बेला अोलीले राष्ट्रपति भण्डारीसँग भेटेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0