राष्ट्रपति विद्यादेवी भण्डारीले आज(बुधबार) सिन्धुलीमा भर्खर सम्पन्न भएको युद्ध संग्रहालयको उद्घाटन गर्ने भएकी छिन् ।
आज बिहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको उद्घाटन समितिले जनाएको छ।
६ करोड ५० लाख लागतमा बनेको संग्रहालयको शिलान्यास २४ कार्तिक २०७६ मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ ।
संग्रहालयमा तोप, गोला, घरेलु हतियार, नक्सा, डकुमेन्ट्री लगायतका विभिन्न वस्तुहरू राखिएको छ । सिन्धुलीकाे युद्ध संग्रहालय नेपालकै पहिलाे युद्ध संग्रहालय हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0