अफगानिस्तानमा तालिबान लडाकु र सरकारी सुरक्षाबल बीचको भीषण लडाइँको दौरान तीन दिनमा कम्तीमा पनि २७ बच्चाको मृत्यु र १३६ भन्दा बढी घाइते भएकाे युनिसेफले बताएकाे छ ।
युनिसेफले सोमबार एक बयान जारी गरी उक्त कुरा बताएकाे हाे ।
युनिसेफले बढ्दै गइरहेको हिंसाका कारण अफगानिस्तानका बच्चाहरूलाई निकै समस्या भइरहेको जनाएको छ ।
युनिसेफले अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार यी सबै बच्चामा संरक्षणको अधिकार रहेकाे भन्दै बच्चालाई बचाउन सबै पक्षलाई अनुरोध गरेको छ ।
अमेरिकी सैनिकको फिर्तीसँगै अफगानिस्तानमा तालिवानले हैकम बढाउँदै गएको छ । हालसम्म तालिबानले कम्तीमा पनि पाँच प्रान्तको राजधानीमा कब्जा गरिसकेको छ।
तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0