प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेका देउवाले राष्ट्रपतिसँग झण्डै ४५ मिनेट छलफल गरे ।
प्रधानमन्त्री देउवा भोलि (शुक्रबार) जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गो जान लागेका छन् ।
आजको मन्त्रिपरिषद बैठकले भोलिदेखि संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । त्यस्तै सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिको सिफारिस पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0