देशको गरिबी र बेरोजगारी अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनुपर्ने बताएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा लक्ष्मी पूजाको अवसरमा अयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताएकी हुन् । 

उनले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा सांस्कृतिक कार्यक्रम आयोजना हुनु राष्ट्रकै गौरवको कुरा भएको बताइन् । 

आफ्नोे राष्ट्रपतिको कार्यकालमा तिहारको अवसरमा पहिलोपटक कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्दै उनले राष्ट्रपति भवनमा यस्तो कार्यक्रम गर्नु एकदमै गौरवको विषय भएको उनले बताइन् । उनले भनिन्, ‘देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउनु पर्नेछ, अबको कलाकारिता कृषि, हरियाली प्रवद्र्धन गर्ने क्षेत्रमा गीत संगीतहरु रचेर आगामी दिनमा सुनाउनुहोला, किसानको गीतहरु पनि सुनाइदिनुहोला ।’

आगामी दिनमा राष्ट्रपति भवनमा लामो सांस्कृतिक कार्यक्रम आयोजना गर्नेमा आफू इच्छुक रहेको बताइन् ।



शीतल निवासमा आयोजित कार्यक्रममा नेपाल बाल संगठन, नेपाल बाल मन्दिरका बालबालिकाहरु र सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले देउसी भैलो खेलेको हो । 



  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १८:११:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया