राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा प्रदेशका प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख क्रमशः परशुराम खापुङ्ग, तिलक परियार र देवराज जोशीलाई उनले आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहबीच उनीहरुलाई सपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा १६७ बमोजिम उनीहरुलाई सपथ ग्रहण गराइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0