आज देशका पहाडी क्षेत्रको मौसम सामान्य बदली भई अन्य स्थानको स्थानको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
यसैगरी भरेराति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0