राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोग र वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । 

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आयोजित समारोहमा प्रतिवेदन पेस गरेका हुन् । 

नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७–०७८ को आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस भएको हो । 

त्यसैगरी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् । 



राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस भएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गर्दै दुई प्रतिवेदन पेस भएको जानकारी गराएका छन् । 



 

  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २२:४१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया