नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ । नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो ।
भेटघाटको क्रममा विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल भएको छ । राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन थालेको बताइन् । राष्ट्रपति भण्डारीले नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।
नेपाल भ्रमण आएको टोलीले राष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेको थियो । रुसी नागरिक क्रेम्लेभसहित टोली २ दिनका लागि आजै बिहान नेपाल आएको हो । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र विभिन्न पदाधिकारीले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि अवलोकन गर्ने तालिका छ ।
सोही क्रममा अन्तर्राष्ट्रिय बक्सिङ संघले नेपाल बक्सिङ संघलाई खेल सामाग्री पनि प्रदान गरेको छ । अध्यक्षसहितको टोली बिहीबार स्वदेश फर्कनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0