नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ६ हजार ६३२ नमुनाको परीक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, आज ३२५ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ८ लाख २० हजार ७२४ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ लाख २ हजार ४७ जना निको भएका छन् ।
यस्तै, आज थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ा११ हजार ५२१ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0