राखेप सदस्य सचिवका लागि ३ जनाको नाम सिफारिस

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि अन्तिम ३ जनाको नाम सिफारिस भएको छ ।

कात्तिक १ गते तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको मन्त्रालयले मंसिर ४ गते सात दिनको म्याद राखेर सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको थियो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव सिफारिसका लागि सहसचिव कमलप्रसाद पोखरेल संयोजक तथा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मिलित तीन सदस्यीय छनोट समिति गठन गरेका थिए ।

समितिले आइतबार सदस्य सचिवका लागि आवेदन बुझाएका १८ जनालाई मन्त्रालयमा  कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो । समितिले उम्मेदवारकाे कार्ययोजना प्रस्तुतिपछि तीन जनाको नाम मन्त्री गहतराजसमक्ष बुझाइएकाे हाे । 



एक जना महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने नियमअनुसार समितिले टंकलाल घिसिङ, डा.अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठलाई सदस्य सचिवका लागि सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को आज बस्ने बैठकले यी तीनमध्ये एकलाई राखेप सदस्य सचिवको जिम्मेवारी सुम्पने छ । 



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १२:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया