राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन् ।
बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी हुन् ।
उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण र सम्बद्र्धनमा अग्रसर हुनुपर्ने पनि बताइन् । जमिनमुनि दबिएका पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तुहरू अझैसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने बताइन् ।
‘विशेष रुपमा कपिलवस्तु, रुपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्बद्र्धन गर्न अग्रसर हुनुपर्दछ । लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक, सांस्कृतिक महत्वका वस्तुहरु अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्वद्ध निकायले ध्यान पुर्याउनु पर्दछ’ उनले भनिन् ।
उनले लुम्बिनी विकास गुरुयोजना चाँडै कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय, सांस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पुर्याउने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0