मानवको अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मानव र प्रकृति एक–अर्कासँग जोडिएकाले मानवको अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको बताएकी छिन् । 

आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गतको कार्यक्रममा उनले प्रकृतिलाई बिगारेर होइन, सिँगारेर मुलुकको विकास गर्नुपर्ने बताइन् । यो भावनालाई  नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा उनको जोड छ । 

जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासंघजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । वनजंगलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने र महिलाहिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा राष्ट्रपति भण्डारीले महासंघलाई धन्यवाद दिइन् ।
 





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १८:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया