नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका छन् ।
उनले भोलि (शनिबार) बिहान ८ बजे सिंहदरबार मूल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।
कांग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ । संस्थापनइतरले सभापतिमा साझा उम्मेदवारको कसरत गरे पनि योजना सफल हुन सकेको छैन ।
हालको समीकरण अनुसार इतर समूहबाट सिंह र शेखर कोइराला चुनावी मैदानमा उत्रिने देखिन्छ । संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा पुनः सभापतिका उम्मेदवार बन्दैछन् । कोइरालाले सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान थालिसकेका छन् ।
संस्थापन इतरबाट एउटै साझा उम्मेदवार बनाउनुपर्ने मतमा रहेका गगन थापाले बिहीबार महामन्त्रीमा उम्मेदवारीसँगै अवधारणा सार्वजनिक गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0