दाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जिप दुर्घटनामा १४ जना घाइते भएका छन् ।
तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा१ ज४३८ नम्बरको जिप आइतबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुईजनाको घटनास्थलमा र एकजनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । थप विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
।
घाइतेमध्ये केहीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ र भने केहीलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0