तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ ।
गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ (एआइजेए)ले गरेको सर्वेक्षणअनुसार तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चारमाध्यममा नाटकीय परिवर्तन भएको छ ।
तालिबानको सत्तापलटपछि २३१ सञ्चारमाध्यम बन्द भएका छन् । अफगान सञ्चारमाध्यममा तालिबान सत्ताको प्रभाव नाटकीय रूपमा देखिएको सर्वेक्षणमा जनाइएको छ ।
हरेक १० सञ्चारमाध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन् । यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चारमाध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् ।
‘५४३ सञ्चारमाध्यमहरूमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ ओटा मात्र सक्रिय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चारमाध्यम हराएका छन्,’ सर्वेक्षणमा भनिएको छ ।
चार महिनाअगाडि मात्र अधिकांश अफगान प्रान्तमा कम्तीमा १० वटा निजी सञ्चारमाध्यम थिए । तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चारमाध्यम नरहेको जनाइन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0