राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायकाे पर्व ‘तमु ल्होसार’काे अवसरमा स्वदेश तथा विदेशमा रहेका भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन् ।
‘नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणीजस्तै सुन्दर र सौम्य छ । तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएकी छु ’, राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा भनिएकाे छ ।
हरेक साल पुस १५ मा याे चाड मनाइने गरिन्छ । गुरुङ समुदायमा पुरानाे वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतु याे पर्व मनाउने चलन रहेकाे छ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन्
तमु ल्होसारकाे अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0