राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भेटवार्ता भएको छ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपतिसँग कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न दिउँसो साढे ४ बजे शीतलनिवास पुगेका थिए।
राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने तय भएको थियो । उनी सहभागी हुने कार्यक्रम नै रद्द भएपछि देउवाको भ्रमण स्थगित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0