जापानले ऋण सहायता स्वरुप नेपाललाई १०.४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नेपालको आर्थिक विकासमा सहयोग पुर्याउने उदेश्यले उक्त रकम उपलब्ध गर्न लागिएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ ।
ऋण सहायता सम्बन्धी सहमतिपत्रमा आज नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् ।
कोरोना महामारीले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बेला उक्त सहयोगले अर्थतन्त्र उकास्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0