संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा सबै आतंकवादी समूहको विस्तार रोक्नु पर्ने बताएका छन् ।
गुटेरेसले बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी)काे एक कार्यक्रममा यस्ताे बताएका हुन्।
अफगानिस्तान लामो समयदेखि आतंकवादीका लागि सुरक्षित ठाउँ रहेको र अन्तर्राष्ट्रिय समुदायले यहाँका नागरिकलाई सहयोग नगरे यस क्षेत्र र विश्वले ठूलो मूल्य चुकाउनु पर्ने उनकाे भनाइ छ।
उनले यहाँका नागरिकको दैनिकी नर्कजस्तै भएको र आतंकवाद अफगानिस्तानका लागि मात्र नभई विश्वका लागि खतरा बनेको बताए ।
राष्ट्रसंघका महासचिवले भने, ‘सुरक्षा प्रवर्द्धन गर्न र आतंकवादविरुद्धको युद्ध लड्न आवश्यक छ। यदि हामीले यो आँधीसँग लड्न अफगानिस्तानका नागरिकहरूलाई सहयोग गरेनौं भने यस क्षेत्र र सम्पूर्ण विश्वले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
उनले आतंकवादले विश्वभर अपराध र आतंकवादी सञ्जाल बढ्ने चेतावनी पनि दिए ।
गुटेरेसले तालिबानलाई अफगानिस्तानमा विश्वव्यापी आतंकवादी खतरा अन्त्य गर्न र सुरक्षा प्रवर्द्धन गर्ने संस्थाहरू स्थापना गर्न विश्व समुदाय र युएनएससीसँग मिलेर काम गर्न पनि आग्रह गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0