हामीले सहयोग गर्यौं, तैपनि सरकारले केही गर्न सकेन – पौडेल

काठमाडौं– नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारलाई कांग्रेसले पूरा सहयोग गर्दा पनि सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन् ।

शनिबार भिमबहादुर तामाङ लोकतन्त्र केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले अहिलेको सरकारलार्इ काम गर्न कतैबाट अवरोध नभएको दाबी गरे । तैपनि, सरकारले केही गर्न नसकेको उनको आरोप छ । 

वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारको अनुसन्धानमा सरकार कमजोर देखिएको भन्दै नेता पौडेलले सरकारको आलोचना गरे ।

सुनकाण्डमा ठूला माछालाई नियन्त्रणमा लिन नसकेकोमा पनि उनले चिन्ता व्यक्त गरे । भ्रष्टाचार समाजवादको दुस्मन भन्दै उनले भ्रष्टाचार अन्त्य गर्न ध्यान केन्द्रित गर्न सरकारलाई सुझाए ।



मुलुकको विकास र समाजवाद स्थापनाका लागि अब भष्ट्राचारविरोधी अभियान नै चलाउनुपर्ने उनको भनाइ छ । 



  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १८:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया