हामीले हार मान्नु हुँदैन, रुसलाई थप माैका दिनुपर्छ : एन्टाेनियाे गुटेरेस

युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अघि बढ्न सकेकाे छैन । रुसले आफ्नो भिटो शक्ति प्रयोग गरेर यसलाई रोकेको हाे ।

त्यसको केही समयपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा आक्रमण गर्ने रुसी सेनालाई आफ्नो ब्यारेकमा फर्किन आग्रह गरेका छन् ।

पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले हार मान्नुहुँदैन, शान्ति स्थापनाका लागि थप एउटा मौका दिनुपर्छ । सिपाहीहरू आफ्नो ब्यारेकमा फर्कनुपर्छ । साथै नेताहरूले शान्ति कायम गरी वार्ताको बाटोमा अघि बढ्नुपर्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवले विगतमा पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई चुनौती दिएको तर यो संस्था सधैं शान्ति, सुरक्षा, विकास, न्याय, अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पक्षमा उभिएको उल्लेख गरेका छन् ।



‘अन्तर्राष्ट्रिय समुदायले सम्भव भएसम्म सबै गर्नुपर्दछ ताकि याे मूल्य युक्रेन र सम्पूर्ण मानवताका लागि दृढ रहोस् ।’ 

रुसी सेना युक्रेनको सीमामा प्रवेश गरी राजधानी कीभ पुगिसकेकाे छ ।



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी केही घण्टामा रुसले राजधानी कीभमा नराम्रो आक्रमण गर्ने सम्भावना रहेको बताएका छन् । उनले चुनौतीलाई शक्तिका साथ सामना गर्न जनतालाई आग्रह पनि गरेका छन् ।

  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार ९:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया